काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २.५३ अंकले बढेर २६ सय ७७ दशमलव ३० विन्दुमा बन्द भएको छ । यस दिन नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने घटेको छ ।