काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनीले स्वतन्त्र संचालकमा मनिष शंकर रौनियारलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा सोहि मितिदेखि लागू हुने गरी रौनियारलाई नियुक्त गरेको हो ।