काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिय योजना सञ्चालन विधि आवश्यक परे कार्यविधि बनाउन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन् । आइतबार काठमाडौँ प्लाजामा बसेको सिनियर म्यानेजमेन्ट टीम मिटिङ् (एसएमटी) मा अहिलेसम्मका प्रगतिको जानकारी लिएपछि काममा थप सहजता ल्याउन कार्यविधिको बाटो देखाएका हुन् ।