काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य भाउ १० प्रतिशत वृद्धि भएको हो । उक्त दिन सप्तकोशीको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँ वृद्धि भई ६२७ रुपैयाँ पुगेको छ