काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्री आएको छ । कम्पनीले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यसको बिक्री मूल्य भने प्रतिकित्ता ६२.५० रुपैयाँ तोकिएको छ। उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्