काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ ल्याउने भएको छ । कम्पनीले आउँदो असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।