काठमाडौं । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबिच मर्जर भएर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर भोलि मंगलबारबाट कारोबारमा आउने भएको छ । उक्त लघुवित्तको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । ग्रामीण विकास र समाज लघुवित्त १:१ शेयर स्वाप रेसियोमा एक–आपसमा मर्ज भएका हुन् ।