काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिँदै एडब्लुएस वुमन समिट नेपाल, २०२५ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले काठमाडौँ मोडल कलेजमा आयोजना गरेको सम्मेलनमा क्लाउड प्रविधिमा महिलाहरुको सहभागिता बढाउँदै डिजिटल युगमा समावेशिता र नवीनता प्रवद्र्धनमा जोड दिइयो ।