काठमाडौं । शनिबार राती साढे ९ बजेबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा आएको छ । बन्द भएको करीब ४ घण्टापछि विमानस्थलबाट उडान र अवतरण सुचारु भएको हो । विमानस्थलको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएपछि सबै उडान बन्द भएका थिए। धावनमार्गमा बिजुली ‘सट’ हुँदा यस्तो समस्या आएको हुनसक्ने अड्कल गरिएको