२० भदौ २०८३, शनिबार

विश्व बजार

इरानसँगको शान्ति वार्ता अन्योलमा: ट्रम्पले रद्द गरे अमेरिकी दूतहरूको पाकिस्तान भ्रमण

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा मध्यस्थता गरिरहेको पाकिस्तानमा हुने भनिएको आफ्ना दुई दूतको भ्रमण रद्द गरेका छन्। इरानले प्रस्ताव गरेको पछिल्लो शान्ति योजना पर्याप्त नभएको भन्दै ट्रम्पले स्टिभ विट्कफ र जारेड कुश्नरको भ्रमण रोकेका हुन्। ट्रम्पले फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै इस्लामावादमा हुने वार्तामा धेरै यात्रा र खर्च हुने