पुर्वमन्त्री एवम् एफएनसिसिआई पुर्वअध्यक्ष श्रेष्ठ युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा नियुक्त « Arthapath.com
९ माघ २०७६, बिहीबार

पुर्वमन्त्री एवम् एफएनसिसिआई पुर्वअध्यक्ष श्रेष्ठ युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा नियुक्त



काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ विहिबार कम्पनीको अध्यक्षमा चयन भएका हुन । पछिल्लो समय बजारमाम सुस्त रहेको युनाइटेड इनयोरेन्समा रविभक्तको प्रवेशले अक्रामक बजार लिने विश्वास गरिएको छ ।
श्रेष्ठ संस्थापक शेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष समेत हुन । उनि योही ग्रुपको प्रतिनिधित्व गर्दै कम्पनीको अध्यक्ष बनेका हुन । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम विहिबार माघ ९ गते अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथसमेत लिइसकेका छन ।
अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सम्हालिसकेका छन । देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्नु हुने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको अगुवा मानिन्छन ।
विहिबारै कार्यवार सम्हाल्दै श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्