६ महिनापछि नेपाल इन्स्योरेन्सको सीईओ बन्न कार्यकाल नसकिँदै प्रुडेन्सियलबाट बाहिरिए विके महर्जन « Arthapath.com
२१ आश्विन २०७८, बिहीबार

६ महिनापछि नेपाल इन्स्योरेन्सको सीईओ बन्न कार्यकाल नसकिँदै प्रुडेन्सियलबाट बाहिरिए विके महर्जन



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विके महर्जनले कार्यकाल सकिन दुई महिना बाँकी छँदा पदबाट राजिनामा दिएका छन् । उनले आगामी १ कात्तिकबाट लागू हुने गरी राजिनामा दिएका हुन् । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले विकेलाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरिसकेको स्रोतले बताएको छ ।

विके साढे दुई दशकदेखि बीमा क्षेत्रमै कार्यरत छन् । उनले लामो समयदेखि प्रुडेन्सियलको नेतृत्व गर्दै आएका थिए । विके साढे दुई दशकदेखि बीमा क्षेत्रमै कार्यरत छन् । उनले लामो समयदेखि प्रुडेन्सियलको नेतृत्व गर्दै आएका थिए । यो उनको तेस्रो कार्यकाल थियो । तीन कार्यकाल सक्न २ महिना बाँकी छँदा उनले राजिनामा दिएका हुन् । उता नेपाल इन्स्योरेन्समा भने निवर्तमान सीईओ विजय बहादुर शाहले ८ साउनमा कार्यकाल सकिएपछि अहिले कुलिङ अवधीमा छन् ।

शाहको अवकाशपछि नेपाल इन्स्योरेन्स सीईओ विहिन थियो । रिक्त सीईओमा विकेलाई नियुक्त गर्ने सञ्चालक समितिको निर्णय भए पनि उनले आगामी वैशाखबाटमात्रै औपचारिक नेतृत्व पाउने छन् । बीमा समितिले लागू गरेको संस्थागत सुशासन नियमावलीले एउटा संस्थाबाट राजिनामा दिएको ६ महिनाभित्र अर्को संस्थाको सीईओ बन्न नपाउने व्यवस्था गरेको छ ।

विके यसअघि लुम्बिनी जनरल इस्योरेन्स जान खोजेको भए पनि विशाल ग्रुपका अधिकारीहरुले उनलाई नेपाल इन्स्योरेन्स पठाएका हुन् । प्रुडेन्सियलमा विशाल ग्रुपकै लगानी छ । नेपाल इन्स्योरेन्समा पनि यसअघि नेपाल बैंकले ५१ प्रतिशत शेयर स्वामित्व बेच्दा उक्त शेयर आईएमई ग्रुप र विशाल ग्रुपले मिलेर किनेका थिए ।

यही कारण यी दुई समूहसँग नेपाल इन्स्योरेन्सको बहुमत शेयर स्वामित्व छ । अघिल्लो कार्यकालमा आईएमई ग्रुपको सहयोगमा विजयबहादुर शाहलाई सीईओ बनाएका कारण यस पटक विशाल ग्रुपले आफ्नो हिस्सेदारी खोजेको हो । यसअघि युनाइटेड फाइनान्सको डेपुटी सीईओ रहेका ईश्वर पोखरेल नेपाल इन्स्योरेन्स गएका थिए । अहिले कार्यबाहक सीईओ रहेका उनलाई सीईओ बनाउनका लागि भनेर सञ्चालक समितिमा केही सञ्चालकले विजय शाहको नियुक्ति नविकरण गर्न अस्वीकार गरेका थिए ।

पोखरेललाई सीईओ बनाउन नेपाल इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक रामहरि न्यौपानेले ठूलो मिहेनत गरेका थिए । आइएमई ग्रुपको सहयोगमा स्वतन्त्र संचालक बनेका न्यौपानेले संचालक भएदेखी व्यवस्थापनसंग अनुचित लाभ लिन खोजेका थिए । उनको डिमाण्ड व्यवस्थापनले पुरा नगरेपछि न्यौपाने सीईओनै परिवर्तन गर्ने मुडमा पुगेका थिए । उनी राष्ट्र बैंकको निर्देशकबाट अवकाशप्राप्त अधिकृत हुन् । प्रुडेन्सियलमा भने अब कसलाई सीईओ बनाउने भन्ने निश्चित छैन । प्रुडेन्सिलयमा अहिले डेपुटी सीईओ उज्ज्वल ढुंगाना छन् ।


प्रतिक्रिया दिनुहोस्