मुक्तिनाथ क्यापिटलको संस्थापक सेयर बिक्रीमा « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

मुक्तिनाथ क्यापिटलको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाइको छ ।

कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा हरेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ २९ गते) ले ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्