सामाजिक सुरक्षा कोषले माग्यो कार्यकारी निर्देशक « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

सामाजिक सुरक्षा कोषले माग्यो कार्यकारी निर्देशक



काठमाडौं । सामाजिक सुरक्षा कोषले कर्मचारी माग गरेको छ । कोषले कार्यकारी निर्देशक पदको लागि आवेदन खुला गरेको हो ।

सामाजिक सुरक्षा ऐन २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा नियामावली, २०७५ तथा कार्यकारी निर्देशक छनोट पारिश्रमिक, सुविधा तथा सेवाको सर्त सम्बन्धि नियामावली २०७६ बमोजिम शैक्षिक योग्यता र अनुभव भएको व्यक्तिले आवेदन दिन सकिने जनाएको छ । आवेदन सूचना प्रकाशित भएको मिति (साउन १६ गते) ले २१ दिनभित्र कोषको केन्द्रिय कार्यालय बबरमहलमा दिन सकिनेछ ।

हालका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीको कार्यकाल सकिएपछि आवेदन खुला गरेको हो ।


प्रतिक्रिया दिनुहोस्