अग्रवाल सेवा केन्द्रमा नयाँ नेतृत्व: अध्यक्षमा गिरीधारी र महासचिवमा जलान निर्वाचित

काठमाडौं । अग्रवाल सेवा केन्द्रमा नयाँ नेतृत्वमा चयन भएको छ । केन्द्रको १७औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा नयाँ समिति बनेको हो ।
केन्द्रको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेश कुमार अग्रवाल तथा मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र रामअवतार टाईवाला चयन भएका छन् ।
यस्तै, महासचिवमा पंकज जलान र कोषाध्यक्षमा अरुण डोकानिया चयन भएका छन् । केन्द्रको सचिवमा भने भरतकुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भएका छन् ।