‘प्राइभेट इक्वीटी र भेन्चर मार्केट’ भएको देशको अर्थतन्त्र कहिल्यै हल्लिँदैन: अध्यक्ष हमाल « Arthapath.com
२६ असार २०८२, बिहीबार

‘प्राइभेट इक्वीटी र भेन्चर मार्केट’ भएको देशको अर्थतन्त्र कहिल्यै हल्लिँदैन: अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्रको दायरा फराकिलो बनाए मात्रै अर्थतन्त्रमा सुधार हुने बताए । मेगा स्टक मार्केटस लिमिटेडको संयुक्त उदघाटन कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

अर्थतन्त्रमा सुधार ल्याउन धितोपत्रको दायरा फराकिलो बनाउन आवश्यक रहेको उनको भनाई छ । उनले भने,–‘धितोपत्रको दायर फराकिलो बनाईयो भने मात्र अर्थतन्त्र सुधार हुन्छ, हामीले खोजेको अर्थतन्त्रको विकास एउटा मात्र क्षेत्रबाट सम्भव छैन ।’

अर्थतन्त्र सुधार बन्ड मार्केट आवश्यक रहेको अध्यक्ष हमालले बताए । प्राइभेट इक्वीटी र भेन्चर मार्केट भएको देशको अर्थतन्त्र बलियो हुने उनको भनाई छ । ‘अर्थतन्त्र सुधारका लागि बन्ड मार्केट जुरुरी छ । जुन देशमा प्राइभेट इक्वीटी र भेन्चर मार्केट हुन्छ, त्यस देशको इकोनोमी हल्लिदैन’– हमालले भने ।


प्रतिक्रिया दिनुहोस्