परिवर्तन गरियो मेगा स्टक मार्केट्सको नाम « Arthapath.com
४ माघ २०८०, बिहीबार

परिवर्तन गरियो मेगा स्टक मार्केट्सको नाम



काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडको नाम परिवर्तन भएको छ । हाल मेगा स्टक मार्केट् लिमिटेडेबाट परिवर्तन भई एनआइएमबि स्टक मार्केट्स लिमिटेड भएको हो ।

साविक मेगा स्टक मार्केट्सको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नुपर्ने कर दायित्व आदि परिवर्तन नाम एनआइएमबि स्टक मार्केट्ले सकार्ने ब्यहोर्ने गरी नयाँ नाम कायम गरिएको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयको पुस १३ गतेको निर्णय अनुसार कम्पनीको नाम एनआइएमबि स्टक मार्केट्स लिमिटेड कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्