पाटा नेपाल च्याप्टरका सिइओ बुडाल “पाटा फेस अफ द एअर २०२०” अवार्डद्धारा सम्मानित « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

पाटा नेपाल च्याप्टरका सिइओ बुडाल “पाटा फेस अफ द एअर २०२०” अवार्डद्धारा सम्मानित



काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)ले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाललाई पाटा फेस अफ द एअर २०२० अवार्डबाट सम्मानित गर्ने घोषणा गरेको छ । पाटा अन्तरराष्ट्रियद्धारा प्रदान गरिने सो अवार्ड प्रशान्त एशिया क्षेत्रमा आवद्ध युवा पर्यटन व्यक्तिवलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित सम्मान हो ।

पाटा अन्तरराष्ट्रियका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले उक्त अवार्ड विजेताको रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै उनले नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावना अनुरुप दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रर्वद्धनमा प्रशंसनिय काम गरेको बताए ।

उनले पर्यटन शिक्षणमा समेत आवद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको शसक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियान अन्तर्गत नेपालमा विविध कार्यक्रमहरु आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस अवार्डले थप हौसला र अवसरहरु सिर्जना गर्ने बताए ।

बुडालले “पाटा फेश अफ द इअर २०२०” जस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्नु आफ्नो लागि गौरव र सम्मानको विषय भएको बताउँदै यस सम्मानको लागि योग्य ठह्र् गर्ने निर्णायक समिति तथा सदैव हौसला र सहयोग प्रदान गर्ने परामर्शदाता, पाटा परिवार, पाटा नेपाल स्टुडेण्ट च्याप्टर तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गरे ।

उनले पाटा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय एवमु स्थानिय तहमा आवद्ध सरोकारवालाहरुलाई समावेश गरी महत्वपूर्ण सहभागिता एवम वकालत मार्फत दिगो पर्यटन विकासका लागि कटिवद्ध एक अद्धितीय संस्था भएको बताउदै यस्तो संस्थामा काम गर्नु आफ्नो लागि पनि गौरवको विषय भएको बताए ।

पाटा नेपाल च्याप्टरका सिइओ बुडाल नेपाली पर्यटन क्षेत्रको दिगो विकासको लागि सकृय तथा नेतृत्वदायी आकांक्षा भएका युवा पर्यटन व्यक्तित्व हुन । पर्यटन व्यवस्थापनमा काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी बाट स्नातकोत्तर गर्नु भएका बुडाल सन् २०१३ देखि पाटा नेपाल च्याप्टरमा कार्यरत छन । कार्यकारी अधिृकतको रुपमा पाटामा प्रवेश गरेका बुडालले आफ्नो बहुमुखी सीप तथा दक्षता प्रस्तुत गर्दै पाटाको युवा पुस्तासंगको आवद्धता, मानव संशाधन विकास देशको पर्यटन प्रर्वद्धन सदस्य संस्थाहरुको व्यापार तथा नेटवर्क प्रवृद्धन गर्ने अभियानमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएका छन ।

वर्तमान परिपे्रक्ष्यलाई उधृत गर्दै पर्यटन उद्योगलाई विविध कारकतत्वहरुले प्रभाव गर्ने भएकोले यो एक संवेदनशील तथा अत्यन्त अस्थिर उद्योग भएको उल्लेख गर्दै यस्ता अनपेक्षित जोखिम तथा संकटहरको सामना गर्न हामी कसरी तयार हुने या अगाडि बढ्ने भन्ने विषय अहिलेको प्रमुख प्रश्न बनेको बताए ।

यस्तो अवस्थामा उहाँले सरकार तथा राष्टिय पर्यटन संघ संस्था, पर्यटन व्यवसायिहरु लगायत स्थानिय सरोकारवालाहरु सबै एकजुट भई सहकार्य, समन्वय तथा कार्यान्वयनमा जोड दिनुपर्ने बताउदै यस घडीमा “भोलीका लागि साझेदारी” नामक बर्ष २०२० का लागि पाटाको भिजन सान्दर्भिक एवम प्रगतिशील कार्यदिशा भएको बताए ।

साथै, भविष्यमा दिगो तथा जिम्मेवार पर्यटन प्रर्वद्धन तथा विकासको लागि आफु थप सकृय रहने र राष्टिय तथा अन्तरराष्ट्रिय रुपमा विभिन्न संघ संस्थासंग मिलेर कार्यगर्न इच्छुक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्