सिटिजन्स बैंकद्वारा पाल्पाको भैरव माविलाई दश थान कम्प्युटर « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

सिटिजन्स बैंकद्वारा पाल्पाको भैरव माविलाई दश थान कम्प्युटर



काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको रैनादेवी छहरा —४ स्थित भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरियो ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ । यस किसिमको सहयोगले विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाहरुको प्राविधिक सिकाई थप प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ। अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्