नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गर्यो « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गर्यो



काठमाडौं । सुनको मूल्य बढ्नेमा विहीवारपनि २ सय रुपैयाँले बढेको छ । बुधबार २ हजार २ सय बढेर रेकर्ड बनाएको सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुनको मूल्य बिहीवार ८० हजार ७ सय पुगेको छ ।

पछिल्लो समय विश्वभर फैलिरहेको कोरोना भाईरसले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । बुधबार ८० हजार ५ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ८० हजार ४ सय पुगेको छ । चाँदी प्रतितोला ८ सय ८० रुपैंयाँमा स्थिर छ ।

अन्तराष्ट्रिय बजारमा बिहीबार बिहान प्रतिऔंस १६३८.७० डलरले भइरहेको कारोबारमा भाउ अझ बढ्ने सूचक छन् ।


प्रतिक्रिया दिनुहोस्