मास्कको कालोबजारी गर्ने श्रृङ्गार पसललाई २ लाख जरिवाना « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

मास्कको कालोबजारी गर्ने श्रृङ्गार पसललाई २ लाख जरिवाना



काठमाडौं । ६ रुपैया पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँमा बेचेर कालोबजारी गर्ने धनगढीको मुख्य बजारमा रहेको न्यू शुशील श्रृङ्गार पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले २ लाख जरिवाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले सोमबार धनगढी बजारमा गरेको श्रृङ्गागार पसलको अनुगमनको क्रममा न्यू शुशील श्रृङ्गार स्टोरले ६ रुपैंया पर्ने मास्कलाई ३० रुपैंयामा बेच्ने गरेको, श्रृङ्गारका सामाग्रीमा लेबल नतोकिएको, म्यादगुज्रेका सामाग्री बेचेको पाइएपछि पसल सञ्चालन सन्ध्या अग्रवाललाई नियम अनुसार कारवाही गरिएको कार्यालय प्रमुख कमल पुनले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८, ङ का आधारमा कसुर खण्डको १ ९ख० बमोजिम उनलाई अनुगमन स्थलमै २ लाख जरिवाना गरिएको वाणिज्य कार्यालय कैलालीका प्रमुख पुनले बताए ।

सो दफा अनुसार उपभोक्तालाई ठगी गरेमा, उपभोग्य वस्तुको कालोबजारी गरेमा दुईलाख देखी तीनलाख सम्म जरिवाना गर्ने सकिने प्रावधान रहेको छ । शुशील श्रृंगार पसलमा वाणिज्य कार्यालयका कर्मचारी ग्राहक बनेर जाँदा पशल सञ्चालन अग्रवालले ६ रुपैया पर्ने मास्क ३० रुपैयामा बेचेका थिए ।


प्रतिक्रिया दिनुहोस्