एनआईसी एशिया र लिगल रेमिटविच सम्झैता « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

एनआईसी एशिया र लिगल रेमिटविच सम्झैता



काठमाडौं । एन आई सी एशिया बैंक र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले Legal Remit बाट रकम पठाएर NIC ASIA Remit मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्ने छन । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ ।

Legal Remit मार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम आफन्तहरू वा अन्य व्यक्तिहरूले यस बैंकको मुलुकभर छरिएर रहेका ३ सय १९ वटा शाखाहरू, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्