नागरिक लगानी कोषको वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

नागरिक लगानी कोषको वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कोषले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । रक्तदान कार्यक्रमको सुरुवात कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन ।

सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्र कुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुखहरु शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे लगायतको उपस्थिती रहेको थियो ।

शुक्रबार भएको सो रक्तदानमा कोषका कर्मचारी र अन्य सहभागी गरी करिव ५० जनाले रक्तदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्