विवाह गर्ने महिना सकीएसंगै सुनको मूल्यमा गिरावट, कति छ आज ? « Arthapath.com
२ चैत्र २०७६, आईतवार

विवाह गर्ने महिना सकीएसंगै सुनको मूल्यमा गिरावट, कति छ आज ?



काठमाडौं । नेपाली बजारमा लगातार बढेको सुनको मुल्य चैत महिना लागेदेखी ओरालो लागेको छ । विवाह गर्ने महिना सकिएसंगै नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको हो ।

लगातार रेकर्ड कायम गरेको सुनको मूल्यमा आईतवार घटेको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७८ हजार ५ सय रहेको थियो । भने आज तोलामा १५ सयले घटेको छ । आईतवार। तोलामा सुनको मूल्य ७७ हजारमा कारोवार भईरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ७६ हजार ७ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा एकैपटक ३० रुपैयाँले कमि आएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य ८ सय २० रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ७ सय ९० कायम भइ कारोवार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्