सुलभ हेल्थमा मेगा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट « Arthapath.com
२ चैत्र २०७६, आईतवार

सुलभ हेल्थमा मेगा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट



काठमाडौं । मेगा बैंक र सुलभ हेल्थबीच बैंकका ग्राहकहरुको स्वास्थ्य सेवामा छुटसम्बन्धि सम्झौता भएको छ । आईतवार भएको सम्झौता कार्यक्रममा सुलभ हेल्थका तर्फबाट डाईरेक्टर साईरा श्रेष्ठ र बैंककातर्फबाट उप कार्यकारी प्रमुख रबिना देशराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौतापश्चात बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई आवश्यक परेको बेला घर मै नर्स बोलाउने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।


प्रतिक्रिया दिनुहोस्