महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा सूचना बोर्ड जडान « Arthapath.com
२ चैत्र २०७६, आईतवार

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा सूचना बोर्ड जडान



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले चैत्र २ गते महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फोर एलईडि सूचना बोर्ड जडान गरेको छ ।

उपकरण हस्तान्तरण कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल बहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो । महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्