ईन्धन वितरणमा सहजता कायम गर्न नसक्ने कर्मचारी कारवाहीमा « Arthapath.com
८ चैत्र २०७६, शनिबार

ईन्धन वितरणमा सहजता कायम गर्न नसक्ने कर्मचारी कारवाहीमा



काठमाडौं । नेपाल आयल निगमले ईन्धन वितरणमा सहजता कायम गर्न नसक्ने कर्मचारीलाई कारवाही गरेको छ । उनीहरुले काठमाडमौं उपत्यकामा ईन्धन वितरण सहज कायम नगरेको भन्दै सरुवागरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयले आयल निगमको इन्धन वितरण प्रणाली हेर्ने निर्देशक वीरेन्द्र गोइत र थानकोट डिपो प्रमुख विनितमणि उपाध्यायको सरुवा गरेको हो।
नेपाल आयल निगमसंग प्रयाप्त मात्रामा ईन्धन भएतापनि उनीहरुले कुनै सहजता कायम गर्न नसक्दा अझै असहज भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा युद्धस्तरमा काम गर्न नसक्ने कर्मचारीलाई हटाएर काम गर्न सक्षमलाई ल्याउन निर्देशन दिएको बताए । मन्त्री भट्टले सरकार हर तरहले जनताको सेवामा खटिएको बताए ।

निगम प्रवक्ता समेत रहेका गोइतलाई प्रबन्ध निर्देशकको कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी थानकोट डिपो प्रमुख उपाध्यायलाई केन्द्रीय कार्यालय तानिएको छ ।आयल निगमका निर्देशक प्रदीप यादवलाई थानकोट डिपो प्रमुख बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्