सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमवार छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवारको तुलनामा सोमवार छापावाल सुनमा ५ सय रुपैयाँको वृद्धि भएको छ । आइतवार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
सोमवार तेजावी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
सोमवार चाँदीको मूल्य भने स्थिर बसेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोवार भइरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोवार भएको थियो ।