महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो बोनस, कति छ नयाँ बोनस ? « Arthapath.com
३ मंसिर २०७७, बुधबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो बोनस, कति छ नयाँ बोनस ?



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस रु ५० देखी ५१ सम्म सार्वजनिक भएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आव २०७५/०७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।

बीमा समितिको कात्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/०७६ को लागि न्यूनतम रु ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।

स्वीकृत बोनसदर निम्न रहेको छ

बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो । कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्