नागरिक लगानी कोषको नाफा ३५.१३ प्रतिशत बढेपनि प्रतिशेयर आम्दानी घट्यो « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नागरिक लगानी कोषको नाफा ३५.१३ प्रतिशत बढेपनि प्रतिशेयर आम्दानी घट्यो



काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३५.१३ प्रतिशत बढेर १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कोषले १४ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ८६.८० प्रतिशत बढेर ५ करोड ८३ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ करोड १२ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कोषको सेवा शुल्क तथा कमिशनमार्फत हुने आम्दानी २२ प्रतिशत बढेर २८ करोड १२ लाख ५० हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कोषको सेवा शुल्क तथा कमिशनमार्फत २२ करोड ९९ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आवको ३ महिनामा कुल खर्च १५.१३ प्रतिशत बढेर ७ करोड ६७ लाख ११ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कुल खर्च ६ करोड ६६ लाख २९ हजार रुपैयाँ गरेको थियो ।

कोषको चुक्ता पूँजी ९९.३१ प्रतिशत बढेर ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड ६ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४६ पैसाले घटेर २४ रुपैयाँ १३ पैसामा सिमित भएको छ । कोषको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्