माछापुच्छ्रे कृति क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब रुपैयाँ पुग्यो « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

माछापुच्छ्रे कृति क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब रुपैयाँ पुग्यो



काठमाडौं । माछापुच्छ्रे बैंकको लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र अनुमति प्राप्त गरी विगत ८ वर्ष देखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ । कम्पनीप्रति विश्वास गरी यस उचाइमा पुर्याउन सहयोग गर्ने ग्राहकहरु, संस्थापक शेयरधनीहरु नियामक निकायहरु तथा कर्मचारीहरु प्रति धन्यबाद ब्यक्त गरेको छ ।

यस लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्