नागरिक लगानी कोषका सहभागी र कर्मचारीले अन्नपुर्ण न्यूरो अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने « Arthapath.com
१ पुष २०७८, बिहीबार

नागरिक लगानी कोषका सहभागी र कर्मचारीले अन्नपुर्ण न्यूरो अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने



काठमाडौ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्स बीच बिहीबार कोषका सहभागीहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन् । कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो ।

सम्झौता पश्चात कोषका सहभागी र कर्मचारीहरुले न्युरो अस्पतालबाट उपचार सेवा लिदा छुट पाउनेछन । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडीयोलोजीमा १०, एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिने छ ।

नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्