एनआईबीएल एस क्यापिटलको आयोजनामा सचेतनामुलक कार्यक्रम सचांलन « Arthapath.com
२ पुष २०७८, शुक्रबार

एनआईबीएल एस क्यापिटलको आयोजनामा सचेतनामुलक कार्यक्रम सचांलन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सचांलन भएको छ ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा र कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल भएको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानिकर्ता सचेतना अभिवृद्घि कार्यक्रमको सुरुवात सुदुर पश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ ।

उक्त कार्यक्रममा लगानिकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै सचेतनामुलक कार्यक्रम सचांलन गरिने ब्यहोरा समेत क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्