एनआईबीएल एस क्यापिटलद्वारा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न « Arthapath.com
५ पुष २०७८, सोमबार

एनआईबीएल एस क्यापिटलद्वारा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए । साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल भएको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि मिति पौष ३ गते प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा लुम्बीनी प्रदेशको नेपालगञ्जमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै सचेतनामुलक कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।

यस अघि यस्तै अन्र्तकृया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्