नेपाल एसबिआईको साधारण सभा आज हुँदै « Arthapath.com
६ पुष २०७८, मंगलवार

नेपाल एसबिआईको साधारण सभा आज हुँदै



काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालय केशरमहल काठमाडौंमा ११ बजे बोलाएको थियो । ।

कम्पनीको सभाले आव २०७७–७८ का लागि सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको आव ०७७–७८ को वार्षिक आर्थिक विवरण ९अषाढ मसान्तसम्मको नाफा नोक्सान, हिसाबहरुको छलफल गरि पारित गर्नेछ ।

त्यस्तै, आर्थिक बर्ष २०७८–७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विषय कम्पनीको सभाले पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्