नेपाल एसबिआई मर्चेन्टको छैठौँ साधारणसभा सम्पन्न « Arthapath.com
६ पुष २०७८, मंगलवार

नेपाल एसबिआई मर्चेन्टको छैठौँ साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीको सभाले कम्पनीको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

त्यस्तै, उक्त साधारणसभाले आ.व. २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्