एनएमबि बैंकको सेयर खरिद गर्ने हो ? आजदेखि ६ हजार कित्ता बिक्रीमा « Arthapath.com
२७ मंसिर २०८०, बुधबार

एनएमबि बैंकको सेयर खरिद गर्ने हो ? आजदेखि ६ हजार कित्ता बिक्रीमा



काठमाडौँ । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर२७ गते) ले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय बबरमहल काठमाडौँमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर बिक्रीका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्