नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा « Arthapath.com
२ बैशाख २०८१, आईतवार

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी वैशाख १८ गतेदेखि २२ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ । यस्तै, सभा चालु आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित हुनेछ । यस्तै सभाले सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्