ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि मुक्तिनाथ विकास बैंक र केयूको सहकार्य « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि मुक्तिनाथ विकास बैंक र केयूको सहकार्य



काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उदेश्यले ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविधालय सँग सहकार्य गरेको छ । एक कार्यक्रम बीच बैंकले काठमाडौं विश्वविधालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । ल्याबले ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।

नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्