लघुवित्तमा रोजगारीको अवसरः नाडेप लघुवित्तले माग्यो कर्मचारी « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

लघुवित्तमा रोजगारीको अवसरः नाडेप लघुवित्तले माग्यो कर्मचारी



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी मागेको छ । लघुवित्तले विभिन्न ३ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले ब्यवस्थापक, अधिकृत र सहायक अधिकृत (सूचना प्रविधि) पदका लागि केही संख्यामा कर्मचारी मागेको हो । व्यवस्थापक पदका लागि चार्टड एकाण्टेन्ट, एसिसिए वा सिपिए तह उतिर्ण गरेको तथा वाणिज्य शाश्त्रमा स्नातकोत्तर गरी बैंक तथा वित्तीय संस्थामा ४ बर्षको लेखापरीक्षणको अनुभव हुनुपर्नेछ ।

त्यस्तै, अधिकृत पदका लागि आवेदन दिने उमेद्वारको योग्यता सिपिए तह उतिर्ण गरेको वा सेमी क्वालीफाइड सिए तथा वाणिज्य शास्त्रमा स्नातक तह उतिर्ण गरी ४ बर्षको लेखापरीक्षण अनुभव हुनुपर्नेछ ।

त्यस्तै, सहायक अधिकृत (सूचना प्रविधि) पदका लागि सूचना प्रविधि विषयमा स्नातक तह उतिर्ण गरी बैंक तथा वित्तीय संस्थामा वा अन्य संगठित संस्था वा परियोजनामा कम्तिमा १ बर्ष काम गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशितको मिति (फागुन ६ गते) ले १५ दिन अर्थात फागुन २० गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्