एनएमबि लघुवित्तमा कर्मचारी आवश्यकताः फागुन २० गतेभित्र आवेदन दिनुपर्ने « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

एनएमबि लघुवित्तमा कर्मचारी आवश्यकताः फागुन २० गतेभित्र आवेदन दिनुपर्ने



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी मागेको छ । लघुवित्तले विभिन्न ५ पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले नायक महाप्रबन्धक पदका लागि १ जना, सहायक महाप्रबन्धक १ जना, बरिष्ठ प्रबन्ध १ जना, बरिष्ठ अधिकृत १ जना र कानुन अधिकृतमा १ जना गरी ५ जना कर्मचारीको माग गरेको हो ।

नायक महाप्रबन्धक पदको लागि मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातकोत्तर उतिर्ण गरी बैंक तथा वित्तिय संस्थाको व्यवस्थापकीय कार्यानुभव भएको तथा माग गरिएको पदभन्दा तल्लो पदमा कम्तीमा २ बर्ष कार्यानुभव भएको हुनुपर्ने, सहायक महाप्रबन्धक पदका लागि मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातकोत्तर उतिर्ण गरी बैंक तथा वित्तिय संस्थाको व्यवस्थापकीय कार्यानुभव भएको तथा माग गरिएको भन्दा तल्लो पदमा कम्तीमा ५ बर्ष कार्यानुभव भएको हुनुपर्नेछ ।

वरिष्ठ प्रबन्धक पदका लागि मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातक उतिर्ण गरी बैंक तथा वित्तिय संस्थाको व्यवस्थापक तहमा कम्तिमा ४ बर्षको अनुभव लगायत कूल १० बर्षको कार्यानुभव भएको तथा माग गरिएको भन्दा तल्लो पदमा कम्तीमा २ बर्ष कार्यानुभव भएको हुनुपर्ने छ भने बरिष्ठ अधिकृतको लागि अधिकृत तहमा कम्तीमा ३ बर्षको कार्यानुभव हुनुपर्नेछ ।

कानुन अधिकृत पदको लागि मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातक तह उतिर्ण गरी नेपाली र आग्रेजी टाइपिङ तथा कम्युटरमा दक्षता भएको र बैंक तथा वित्तिय संस्थामा कार्य अनुभव भएको हुनु पर्ने संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकहरुले फागुन २० गतेसम्म दिन भित्रमा हस्तलिखित निबेदन, बायोडाटा, अन्य आवश्यक कागजपत्र समेत समावेश गरी संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्