सिवाईसी नेपाल लघुवित्तले १३ पदका लागि माग्यो १०१ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१५ असार २०७९, बुधबार

सिवाईसी नेपाल लघुवित्तले १३ पदका लागि माग्यो १०१ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १०१ जना कर्मचारी मागेको हो ।

लघुवित्तले प्रबन्धक (प्रशासन विभाग प्रमुख), सहायक प्रबन्धक (मानव संसाधन ब्यवस्थापन विभाग प्रमुख), सहायक प्रबन्धक (वित्त विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा असुली विभाग प्रमुख), सहायक प्रबन्धक (अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख), सहायक प्रबन्धक (सूचना तथा प्रविधि विभाग प्रमुख), बरिष्ठ अधिकृत (सामान्य सेवा विभाग प्रमुख) र बरिष्ठ अधिकृत (सचिवालय प्रमुख)मा क्रमश १ १ जना माग गरेको हो ।

त्यस्तै, अधिकृत (प्रदेश प्रमुख) मा ७ जना, अधिकृत (अनुगमन) मा १४ जना, अधिकृत (सूचना तथा प्रविधि) मा १ जना, कनिष्ठ अधिकृतमा २० जना, सहायक प्रशिक्षार्थीमा ५० जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नताकोत्तर तह उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा अनुभव बटुलेको कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्वक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १५ गते) ले २१ दिन भित्र लघुवित्तको बेवसाइट  https://cycnlbsl.org.np/careers/  मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्