सामुदायिक लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
१९ असार २०७९, आईतवार

सामुदायिक लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । लघुवित्तले ५ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

लघुवित्तले नायब ब्यवस्थापक (आन्तरिक लेखा परीक्षण विभाग) मा १ जना, कनिष्ठ अधिकृतमा ८ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) मा १० जना, सहायक र कनिष्ठ सहायक (प्रशिक्षार्थी) मा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्णदेखि स्नातक उत्तिर्ण कर्मचारी मागेको छ ।

योग्यता पुगका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १९ गते) ले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्