एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
३१ असार २०७९, शुक्रबार

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचनाको प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले सुपरभाइजर । बरिष्ठ सहायक (शाखा प्रमुख) र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी लघुवित्त वा सम्बन्धित क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन ११ गते भित्र संस्थाको वेभसाईट https://www.nicasialaghubitta.com/careers  मार्फत आवेदन दि सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्