सिभिलले एकैदिन ७ नयाँ शाखा विस्तार गर्यो
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले एकैदिन थप ७ नयाँ शाखा विस्तार गरेको छ ।लघुवित्तले झापाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखाकार्यालय संचालनमा ल्याएको हो ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले यस अघि २६ जिल्लामा ४८ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा थियो । थप नयाँ शाखा संचालनमा ल्याएसंगै लघुवित्तले २७ जिल्लाबाट ५५ वटा शाखा कार्यालयहरु मार्फत सेवाहरु प्रदान गर्ने भएको हो ।
लघुवित्तले उद्यमव्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमावा स्वीकार योग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्यधितो लिई सरल तरीकाबाट वित्तीयपहँुच पुरयाउंदै आइरहेको छ । करिव ३६ हजार भन्दा बढिसदस्यहरु आवद्ध रहेका छन भने लगानीमा रहिरहेको कर्जा रकम रु. १ अर्व ६० करोड रहेको छ ।
















