कमलादीमा स्काइवाक बनाएको कम्पनीले पनि आइपीओ ल्याउने, यस्तो छ तयारी « Arthapath.com
२६ पुष २०८०, बिहीबार

कमलादीमा स्काइवाक बनाएको कम्पनीले पनि आइपीओ ल्याउने, यस्तो छ तयारी



काठमाडौं । काठमाडौंको कमलादीमा स्काइवाक टावर बनाएको कम्पनी वोन्डर्स नेपालले पनि प्राथमिक सेयर निष्काशन (आइपीओ) गर्ने भएको छ । बुधबार आयोजित कम्पनीको छैटौं साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिणत गर्ने र आएपीओ जारी गर्नका लागि प्रक्रिया थाल्ने प्रस्ताव पारित गरेको छ ।

यो कम्पनीले कमलादीपछि इलामको कन्याम र धनकुटाको भेडेडारमा पनि स्काइवाक सञ्चालन गर्ने योजना अघि सारेको छ । काठमाडौंकै टावरमा पनि ३६० डिग्री अर्थात् चारैतर्फको दृष्य देखिने गरी रेस्टुरेन्ट र क्लब निर्माण गरिरहेको जनाएको छ ।

त्यस्तै, सिटी बञ्जिजम्प एवम् अन्य साहसिक गतिविधी विस्तार गरी सेवाको दायरा फैलाउँदै लाने घोषणा व्यवस्थापनको तर्फबाट गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्