जनरल इन्स्योरेन्सले २ करोड ३७ लाख खुद नाफा कमायो, अन्य सूचक यस्ता छन् ? « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

जनरल इन्स्योरेन्सले २ करोड ३७ लाख खुद नाफा कमायो, अन्य सूचक यस्ता छन् ?



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३०७ प्रतिशत नाफा आर्जन गरेको छ । कम्पनीले पहिलो त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस अवधिमा १ करोड ७९ लाख रुपैयाँले बढि नाफा आर्जन गरेको हो ।

त्यस्तै कम्पनीले गत आर्थिक त्रैमासमा ७ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ७० लाख रुपैयाँले बढी बिमा शुल्क आर्जन गरेको हो ।

कम्पनीले असोजमा आइपीओ निष्काशन गरेको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा ५ करोड ७२ लाख, बीमा कोषमा ६ करोड २९ लाख र महाविपत्ती जगेडा कोषमा ६३ लाख रुपैयाँ सञ्चित छ ।

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा र मुल्य आम्दानी अनुपात ३८.६८ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्