पुनर्बीमा कम्पनीमा सञ्चालकको चुनाव « Arthapath.com
१६ पुष २०७७, बिहीबार

पुनर्बीमा कम्पनीमा सञ्चालकको चुनाव



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५।०७६ को साधारणसभा पुष २९ गते बोलाएको छ । साधारण सभामा कम्पनीले २ जना सञ्चालक चयन गर्ने एजेण्डा राखेको छ । तर, कम्पनीले पोहोरको साधारणसभा भने बोलाएको छैन् । गत आर्थिक वर्षको साधारणसभाले लाभांश दिने अनुमानका आधारमा कम्पनीको सेयर मूल्य निरन्तर बढिरहेको छ ।

अघिल्लो आर्थिक वर्षको साधारणसभाले सरकारबाहेकको संस्थागत लगानीकर्ताबाट १ जना र सर्वसाधारणबाट १ जना सञ्चालक चयनका लागि निर्वाचन हुने छ । कम्पनीको यो पाँचौ साधारणसभा हुने छ ।

यो कम्पनी १ खर्बभन्दा बढी बजार पुँजीकरण हुने ४ कम्पनीमध्ये एक हो । सरकारी मुख्य स्वामित्व रहेको नेपाल रिइन्स्योरेन्स कम्पनी सेयर बजारमा सूचीकृत भएको ९ महिना मात्र भएको छ । तर, यो ९ महिनामा सेयर बजारमा सर्वाधिक कमाल गरिसकेको छ । प्रति कित्ता ३ सय ८३ रुपैयाँबाट कारोबार सुरु भएको थियो । कम्पनीको मूल्यमात्र होइन, कारोबार रकम पनि सर्वाधिक हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्