नेपाल रि–इन्स्योरेन्सको २ सञ्चालकको लागी ४ जनाको भिडन्त, कसले मार्ला बाजी ? « Arthapath.com
२१ पुष २०७८, बुधबार

नेपाल रि–इन्स्योरेन्सको २ सञ्चालकको लागी ४ जनाको भिडन्त, कसले मार्ला बाजी ?



काठमाडौँ । नेपाल पुर्नबीमा कम्पनीमा बीमा कम्पनीहरूको तर्फबाट चयन हुने सञ्चालकमा व्यापक प्रतिस्पर्धा देखिएको छ । २ संचालकको लागी ४ जनाले दाबी गरेका छन् । जसमध्ये बीमकको संस्थागत सुशासन विरुद्ध परेको दरखास्त पनि निर्वाचन समितिले छानबिन गरेको छैन । 

नेपाल पुर्नबीमा कम्पनीको संचालक बन्न हालका सञ्चालक तथा शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे, सूर्या लाइफका सञ्चालक रहेका हेमन्त नाहटा, एनएलजी  इन्स्योरेन्सका सीईओ शुनिल बल्लभ पन्त र सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र बैदवारले सञ्चालकको लागी उम्मेदवारी दर्ता गराएका छन् । 

४ उम्मेदवारमध्ये २ सञ्चालक बीमकको संस्थागत सुशासनविरुद्ध रहे पनि निर्वाचन समितिले कुनै सुनुवाइ नगरेको एक सीईओले अर्थपथलाई बताए । हेमन्त नाहटा सूर्या लाइफका सञ्चालकबाट राजीनामा दिएका छैनन् । उता शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेले पनि केही दिन अघि मात्रै सिटिजन्स लाइफकाे संचालकबाट राजीनामा दिएका छन् । सिटिजन्स लाइफमा पनि सञ्चालक रहेका पाण्डेले राजीनामा दिएको कुरा बीमा समितिमा समेत जानकारी नभएको एक कर्मचारीले बताए । 

बीमकको संस्थागत सुशासनमा बीमा कम्पनी वा बैङ्क अथवा कुनै पनि निक्षेप सङ्कलन गर्ने, कुनै बीमकको संस्थापक समूहको आधारभूत सेयर धारण गरेको बहालवाला सञ्चालक वा कर्मचारी नेपाल पुर्नबीमा कम्पनीको सञ्चालक हुन पाउँदैन । वा बीमकको सञ्चालक पदमा बहाल रहेको व्यक्ति पनि पुनर्बीमाकाे संचालक बन्न नमिल्ने संस्थागत सुशासनमा उल्लेख छ । 

बीमकको संस्थागत सुशासनलाई बेवास्ता गर्दै पाण्डे र नाहटाले उम्मेदवारी दर्ता गराए पनि यस उपर छानबिन भएको छैन । बीमा कम्पनीहरूको तर्फबाट २०७४ मा सञ्चालक चयन भएका पाण्डे पुनः सञ्चालकमा दोहोरिन खोजेका छन् । अर्को एक सञ्चालक खाली रहेको थियो । 

पुर्नबीमाको सञ्चालकमा पुनः पाण्डे दोहोरिने सम्भावना रहेको छ । त्यस्तै विशाल ग्रुपको सहयोगमा सूर्या लाइफका नाहटा पनि दोहोरिने सम्भावना रहेको छ । इन्स्योरेन्स क्षेत्रमा विशाल ग्रुपको एकलौटीजस्तै छ भने पाण्डे पनि बलिया दाबेदार हुन् । संचालकको लागी भोली बिहीबार मतदान हुने भएको छ ।

संचालककाे लागी उम्मेदवारी दिएकी युनमइटेड इन्स्याेरेन्सकी सीईअाे उपाशना पाैडेलले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

कसलाई कुन बीमा कम्पनीको समर्थन ? 

पुर्नबीमा कम्पनीको सञ्चालकको लागी सूर्या लाइफका नाहटालाई पुडेन्सिय इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, ओरेन्टल, सूर्या लाइफ, नेपाल लाइफ र एलआईसी नेपाल भोट सहयोग रहने देखिएको छ । 

उता पाण्डेलाई शिखर, सिटिजन्स लाइफ, हिमालयन जनरल, अजोड, सानिमालगायतका कम्पनीहरूको साथ रहने देखिएको छ । 


प्रतिक्रिया दिनुहोस्