आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि शाखा प्रबन्धक « Arthapath.com
२८ पुष २०७८, बुधबार

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि शाखा प्रबन्धक



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सुचना जारी गदै ठुलो संख्यामा ब्रान्च म्यानेजर माग गरेको छ । इन्स्योरेन्सले सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यलयको लागि शाखा प्रमुख माग गरेको हो ।

इन्स्योरेनसले प्रदेश नं. १ अन्तर्गत काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ, प्रदेश नं २ अन्तर्गत कलैया, बागबजार, राजधानी, र कंचनपुर, बागमती प्रदेशका लागि न्यूरोड, गोङ्गबु, स्वयम्भू, इमाडोल, चापागाउँ, पेप्सिकोला, कीर्तिपूर, सुन्दरीजल, चौतारा र बनेपा मा रहेका शाखा कार्यलयको लागि कर्मचारी माग गरेको हो ।

त्यसैगरी गण्डकी प्रदेश अन्तगर्त पोखरा, गैँडाकोट, पालुङटार, हेम्जा, बिरौटा र बुर्तिबाङ, लुम्बिनी प्रदेशमा बुटवल, चन्द्रौटा, भैरहवा र तौलिहवा, कर्णाली प्रदेश अन्तगर्त खजुरा, जाजरकोट र सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ, बैतडी र महेन्द्रनगर शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो ।
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले माघ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । शाखा प्रबन्धकको लागि न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । २३ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाले आवेदन पेश गर्न सक्नेछन् ।

इन्छुक योग्यता पुगेकाले आवश्यक कागजात सहित कम्पनिको वेवसाइट [email protected] मा गएर अनलाईन आवेदन पेश गर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्